Kathmandu Press

चीनमा मालवाहक जहाज डुब्दा ४ जनाको मृत्यु, ७ बेपत्ता

जिनान, मंसिर २६ : पूर्वी चीनको शानडोङ प्रान्तको यानताई सहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले...
चीनमा मालवाहक जहाज डुब्दा ४ जनाको मृत्यु, ७ बेपत्ता

जिनान, मंसिर २६ : पूर्वी चीनको शानडोङ प्रान्तको यानताई सहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्। 

दुर्घटना हुँदा चालक दलका १४ सदस्य सवार थिए। उद्धार ब्यूरोले बिहान ४स्४३ मा उक्त दुर्घटनाको रिपोर्ट प्राप्त गरेको जनाइएको छ। हालसम्म तीन जनाको उद्धार गरिएको छ भने चार जनाको शव फेला परेको छ।

बेपत्ता चालक दलका सदस्यहरुको खोजीका लागि उद्धार हेलिकप्टर र उद्धार जहाज पठाइएको छ।

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्