मोदीको ट्विटर भयाे ह्याक, साे समयकाे सन्देश बेवास्ता गर्न आग्रह

नयाँदिल्ली, मंसिर २६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ।
प्रधानमन्त्री @narendramodi को ट्विटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ। प्रधानमन्त्री मोदीका दुई ट्विटर अकाउन्ट छन्- @narendramodi र @PMOIndia।
जहाँ @PMOIndia का ४५.४ मिलियन फलोअर्स छन्, भने @narendramodi का ७३.४ मिलियन भन्दा बढी फलोअर्स छन्।
भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्विटर प्रयोग गर्ने गर्छन्।
प्रकाशित मिति: १२:०९ बजे, आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











