Kathmandu Press

मीन विश्वकर्माले लिए केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता 

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम...
मीन विश्वकर्माले लिए केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता 

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका हुन्। 

विश्वकर्माले शनिबार दलित खुला तर्फबाट मनोनयन दर्ता गराएका थिए। कांग्रेसको १४ औं महाधिवेशनमा दलित खुला तर्फबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित हुने व्यवस्था छ । त्यसका लागि २७ जनाले उम्मेदवारी दिएका छन्। 

केन्द्रीय सदस्यमा प्रदेश २ बाट आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल भने निर्विरोध निर्वाचित भैसकेका छन्।

शुक्रबार भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन पश्चात शनिबार राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ।

प्रकाशित मिति: ११:०१ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्