Kathmandu Press

बोहराटार पुगेर देउवाले गरे पौडेलेसँग छलफल 

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। महाधिवेशनको प्रकृयाबाट अलग भएको घोषणा गरेका पौडेललाई...
बोहराटार पुगेर देउवाले गरे पौडेलेसँग छलफल 

काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। महाधिवेशनको प्रकृयाबाट अलग भएको घोषणा गरेका पौडेललाई भेट्न देउवा उनकै निवास बोहराटार पुगेका थिए।

भेटमा देउवाले पौडेललाई सक्रिय राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेका थिए। नेपाली राजनीतिमा पौडेलको आवश्यकता अझै रहेको बताएका थिए। जवाफमा पौडेलले पार्टीको नीति र सिद्धान्त र आदर्शविपरित प्रतिस्पर्धा हुने देखेर महाधिवेशन प्रकृयाबाट बाहिरिएको पौडेलले बताएका थिए। 

महाधिवेशनमा स्वस्थ् प्रतिस्पर्धा गर्न पनि पौडेलले देउवालाई आग्रह गरेका थिए । 

संस्थापनइतर पक्षबाट सभापतिमा साझा उम्मेदवारीको टुंगो लगाउन नसकेपछि पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका थिए। इतर पक्षबाट प्रकाशमान सिंह र शेखर कोइराला आ–आफ्नै प्यानल उठाएर महाधिवेशनमा होमिएका छन्। 

प्रकाशित मिति: १०:४९ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्