कांग्रेस केन्द्रीय सदस्यमा आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित
प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्।
काठमाडौं, मंसिर २६ : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्।
प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन्।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ ।
प्रकाशित मिति: १०:३४ बजे, आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











