विनोद चौधरीको मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं, मंसिर २५ : उद्योगी एवं कांग्रेसका नेता विनोद चौधरीले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।राजनीतिका माध्यमबाट देशमा परिवर्तन गर्न आएको...
काठमाडौं, मंसिर २५ : उद्योगी एवं कांग्रेसका नेता विनोद चौधरीले मधेसी कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
राजनीतिका माध्यमबाट देशमा परिवर्तन गर्न आएको बताउँदै उनले त्यही विश्वासका साथ चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।
उनले भने, ‘अनुभवी राजनीतिज्ञ र हामी जस्ता स्रोतको व्यवस्थापन गर्नेको फ्युजन नभइ देश बन्दैन।’ विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै जाँदा परिवर्तनको उद्देश्य छ भने राजनीतिमा प्रवेश गर्नुपर्ने भन्दै आएको सल्लाह आत्मसाथ गरेको उनले बताए।
उनले थपे, ‘यसको सबैभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरूको सिर्जनशील सोच, शिल्प, श्रम र केही गरौँ भन्ने उत्साह भएकाले नेपाली कांग्रेसले सही नेतृत्व पाउनुपर्छ ।’
प्रकाशित मिति: १९:५८ बजे, शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











