गगनको नजरमा रामचन्द्र पौडेलको स्थान गणेशमानको जस्तै
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएका रामचन्द्र पौडेलको स्थान गणेशमान सिंहको जस्तै भएको गगन थापाले बताएका छन् ।शनिबार...
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएका रामचन्द्र पौडेलको स्थान गणेशमान सिंहको जस्तै भएको गगन थापाले बताएका छन् ।
शनिबार महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि थापाले नेपाली कांग्रेसले जसरी गणेशमानलाई सम्झियो, त्यसरी नै रामचन्द्र पौडेललाई पनि सम्झनुपर्ने बताए । थापाले नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल एउटा प्रवृत्तिको प्रतीक भएको पनि जनाए ।
कतिपय सन्दर्भमा उहाँ असफल भए पनि, कतिपय सन्दर्भमा उनलाई आफूहरुको साथ नरहेको भए पनि उनको स्थान गणेशमानको झै रहेको जनाए ।
रामचन्द्र पौडेल सभापति हुने वा नहुने, प्रतिस्पर्धा गर्ने वा नगर्ने कुरा उनको राजनीतिक जीवनमा गौण भइसकेको थापाको भनाइ थियो ।
प्रकाशित मिति: १७:४७ बजे, शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











