Kathmandu Press

विश्वप्रकाश शर्माले दिए प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्।संस्थापन समूहबाट टिकट नपाएपछि उनले सिंहको...
विश्वप्रकाश शर्माले दिए प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्।

संस्थापन समूहबाट टिकट नपाएपछि उनले सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका हुन्। 

पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार बन्ने दौडधुपमा रहेका नेता सिंहले अन्ततः आफ्नै प्यानल बनाएपछि एक महामन्त्रीमा प्वक्ता शर्मालाई पनि समेटेका थिए।  

नेता कृष्णप्रसाद सिटौलासँग सभापित शेरबहादुर देउवाले गठबन्धन गरेपछि उनी असन्तुष्ट बनेका थिए। त्यसपछि कोइराला प्यानलबाट महामन्त्री बन्ने चर्चा पन िव्यापक रुपमा चलेको थियो। अन्ततः उनी सिंह प्यानलमा समेटिन पुगेका हुन्। 

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्