Kathmandu Press

शेरबहादुर देउवाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता 

 प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका छन्।
शेरबहादुर देउवाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता 
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, मंसिर २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका छन्। शनिबार साढे ४ बजे राष्ट्रिय सभागृह पुगेर देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। 

देउवासहित उनको प्यानलमा रहेका पदाधिकारीकाे सभागृह पुगेर उम्मेदवारी दर्ता गराएर हुन्।  

देउवाको प्यानलबाट दुई उपसभापति पदमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन्। त्यस्तै दुई महामन्त्रीका लागि प्रदीप पौडेल र प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराएका छन्। 

८ जना सहमहामन्त्रीमा  महिला कोटामा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजाती तर्फ भीष्मराज आङ्दाम्बे (पाँचथर), दलितर्फ मीनबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेसीतर्फ महेन्द्र यादव (धनुषा) रहेका छन्।

त्यसैगरी खस आर्यतर्फ सहमहामन्त्रीमा किशोरसिंह राठोर (र्दिया), थारुतर्फ उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही (हुम्ला) रहेका छन्। 

शुक्रबारदेखि शुरु भएको १४ औं महाधिवेशन आइतबारदेखि निर्वाचन प्रकृयामा जानेछ। आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। 

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्