Kathmandu Press

संस्थापन पक्षबाट उपसभापतिमा गच्छदार र खड्का, महामन्त्रीमा महत र पाैडेल उम्मेदवार

 कांग्रेस संस्थापन पक्षले उपसभापति र महामन्त्रीको उम्मेदवार तय गरेको छ।
संस्थापन पक्षबाट उपसभापतिमा गच्छदार र खड्का, महामन्त्रीमा महत र पाैडेल उम्मेदवार

काठमाडौं, मंसिर २५ : कांग्रेस संस्थापन पक्षले उपसभापति र महामन्त्रीको उम्मेदवार तय गरेको छ।

सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार विजय गच्छदारलाई उपसभापतिमा दोहोर्‍याउने निर्णय भएको छ। उपसभापतिका अर्का उम्मेदवार पूर्णबहादुर खड्का रहेका छन्। उनी यसअघि महामन्त्री थिए। 

त्यसैगरी संस्थापन पक्षबाट महामन्त्रीका उम्मेदर नेता प्रकाशशरण महतलाई अघि सारिएको छ। उनी सहमहामन्त्री रहँदै आएका थिए। 

नेता प्रदीप पौडेल पनि संस्थापन पक्षबाट महामन्त्री उम्मेदवार बनेका छन्। उनी कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्। 

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्