Kathmandu Press

यी हुन् संस्थापनतर्फ सहमहामन्त्रीका आठ उम्मेदवार

काठमाडौ‌, मंसिर २५ : कांग्रेस संस्थापन पक्षले आठ सहमहामन्त्रीका उम्मेदवार टुंगो लगाएको छ। सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको जानकारीअनुसार आठ क्लस्टरमा आधारमा सहमहामन्त्रीको उम्मेदवार...
यी हुन् संस्थापनतर्फ सहमहामन्त्रीका आठ उम्मेदवार

काठमाडौ‌, मंसिर २५ : कांग्रेस संस्थापन पक्षले आठ सहमहामन्त्रीका उम्मेदवार टुंगो लगाएको छ। सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको जानकारीअनुसार आठ क्लस्टरमा आधारमा सहमहामन्त्रीको उम्मेदवार टुंगो लगाइएको हो।

जसमा महिला कोटामा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजाती तर्फ भीष्मराज आङ्दाम्बे (पाँचथर), दलितर्फ मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेसीतर्फ महेन्द्र यादव (धनुषा) रहेका छन्।

त्यसैगरी खस आर्यतर्फ सहमहामन्त्रीमा किशोरसिंह राठोर (बर्दिया), थारुतर्फ उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही (हुम्ला) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

प्रकाशित मिति: १६:१६ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्