Kathmandu Press

विमलेन्द्र निधिले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

शनिबार अपरान्ह राष्ट्रिय सभागृह पुगेर निधिले सभापति पदमा उम्मेदवारी दिएका हुन्। 
विमलेन्द्र निधिले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको जारी महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिएका छन्। 

शनिबार अपरान्ह राष्ट्रिय सभागृह पुगेर निधिले सभापति पदमा उम्मेदवारी दिएका हुन्। 

उम्मेदवारी दर्ताका लागि आज साँझ ५ बजेसम्मको समय तोकिएको छ । समय सकिन लाग्दा धमाधम उम्मेदवारी दर्ताको काम अगाडि बढिरहेको छ। 

यसअघि प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिइसकेका छन्। संस्थापन पक्षबाट शेरबहादुर देउवाले भने अझै उम्मेदवारी दिएका छैनन्। 

बालुवाटारमा पदाधिकारीको टुंगो लगाउन दउवा छलफलमै रहेका छन्। 
 
प्रकाशित मिति: १६:११ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्