कांग्रेस महाधिवेशन : यी हुन् शेखर कोइराला प्यानलबाट पदाधिकारीका उम्मेदवार
इतरबाट सभापतिको उम्मेदवारमा शेखर कोइराला रहने भएका छन् । त्यस्तै दुई उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिने भएका छन् भने दुई महामन्त्री पदका लागि मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिने पक्का भएको छ ।
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट सभापति र पदाधिकारीको टुंगो लागेको छ। संस्थापनइतर पक्षले डा. शेखर कोइरालाको नेतृत्वमा १३ सदस्यीय पदाधिकारीको टुंगो लगाएको हो।
इतरबाट सभापतिको उम्मेदवारमा शेखर कोइराला रहने भएका छन् । त्यस्तै दुई उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिने भएका छन्।
दुई महामन्त्री पदका लागि मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिने पक्का भएको छ ।
सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार रहेका छन्।
संस्थापनइतर पक्षमा साझा उम्मेदवारी चयन गर्ने सम्बन्धमा सहमति जुट्न नसकेपछि इतर पक्षमा रहेका प्रकाशमान सिंह र शेखर कोइरालाले आ–आफ्नै प्यानल बनाएका हुन्। शेखर र प्रकाशमानबीच सहमति जुट्न नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल भने सभापतिमा उम्मेदवारी नदिने निर्णयमा पुगेका छन् ।
उनले हालसम्म कसलाई समर्थन गर्ने भन्ने कुरा पनि सार्वजनिक भइसकेको छैन।











