Kathmandu Press

कांग्रेस सभापतिमा उम्मेदवारी दिने प्रकाशमानको घोषणा

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहले...
कांग्रेस सभापतिमा उम्मेदवारी दिने प्रकाशमानको घोषणा

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक गरेका छन्। 

उनी आफ्नो छुट्टै प्यानल बनाएर महाधिवेशनको निर्वाचनमा जान लागेका हुन्। उनको प्यानलमा सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्ने भएकी छन् । 

उम्मेदवारी घोषणा गर्दै सिंहले १३ औं महाधिवेशनबाट सभापति निर्वाचन भएका देउवाले पार्टीको विधान अनुसार काम नगरेको आरोप लगाए । 

प्रकाशित मिति: १४:०२ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्