Kathmandu Press

पार्टीलाई भिजन र देशलाई परिवर्तन गर्नसक्ने नेता हुन् प्रकाशमान : सुजाता कोइराला 

काठमार्डौ, मंसिर २५ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले  प्रकाशमान सिंहलाई पार्टीको नेतृत्व गर्न सक्ने नेताका रुपमा चित्रण गरेकी छन् ।शनिबार उम्मेदवारी घोषणा कार्यक्रमलाई...
पार्टीलाई भिजन र देशलाई परिवर्तन गर्नसक्ने नेता हुन् प्रकाशमान : सुजाता कोइराला 

काठमार्डौ, मंसिर २५ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले  प्रकाशमान सिंहलाई पार्टीको नेतृत्व गर्न सक्ने नेताका रुपमा चित्रण गरेकी छन् ।

शनिबार उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले सभापतिका कैयौं आकांक्षी देखिएपनि पार्टीलाई भिजन दिने र देशलाई परिवर्तन गर्न सक्ने नेता प्रकाशमान नै रहेको बताएकी हुन्। 

‘यति धेरै उम्मेदवार हुनुहुन्छ, सबैभन्दा राम्रो उम्मेदवार छानौं । नेपाललाई परिवर्तन गर्नसक्ने पार्टीलाई परिवर्तन गर्नसक्ने पार्टीलाई भिजन दिन सक्ने नेताको रुपमा को छ भनेर खोज्दा प्रकाशमान लाई देखेँ,’ उनले भनिन्। 

उनले महिलाको नेतृत्वलाई स्वीकार गर्दै आफूलाई उपसभापतिको स्थान दिएप्रति पनि धन्यवाद व्यक्त गरेका छन् । महाधिवेशन लगत्तै प्रकाशमानकै नेतृत्वमा कांग्रेस आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्ने दाबी पनि गरिन्। 

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्