सभापति देउवालाई भेट्न बालुवाटार पुगे शशांक कोइराला
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। महाराजगञ्जस्थित आफ्नो निवासबााट कोइराला बालुवाटारतर्फ लागेका हुन्। निवासमा...
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। महाराजगञ्जस्थित आफ्नो निवासबााट कोइराला बालुवाटारतर्फ लागेका हुन्।
निवासमा नेताहरुको बैठक चलिरहँदा उनी सभापतिलाई भेट्न भन्दै बालुवाटार निस्किएका हुन्। कोइराला देउवालाई भेट्न हिँडे पनि उनको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहेका छन् । आजै कोइरालालाई काँग्रेस नेता एनपी साउदले भेटेका थिए ।
कांग्रेस महाधिवेशनमा संस्थापनइतर पक्षले साझा उम्मेदवारको टुंगो लगाउन नसकेपछि शेखर कोइराला देउवासँग छलफल गर्न बालुवाटार पुगेका हुन्।
उनलाई संस्थापन पक्षबाट उपसभापतिको प्रस्ताव आएको विषय पनि सार्वजनिक भएको छ । शशांकका दाई शेखर भने इतर पक्षबाट सभापतिको उम्मेदवार बन्ने निश्चित भइसकेको छ ।











