संस्थापनइतर पक्षबाट सभापतिको उम्मेदवार शेखर, महामन्त्रीमा गगन थापा
संस्थापनइतर पक्षमा सहमति जुट्न नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको रेसबाट बाहिरिएका छन्। उनले शेखरलाई नै सभापतिमा सघाउने भएका हुन्।
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापति पदमा शेखर कोइराला उम्मेदवार बन्ने भएका छन्।
संस्थापनइतर पक्षमा सहमति जुट्न नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको रेसबाट बाहिरिएका छन्। उनले शेखरलाई नै सभापतिमा सघाउने भएका हुन्। पाैडेल निकटका नेताहरूले पनि शेखरलाइ सभापतिमा समर्थन गर्न दबाब दिएका थिए।
शनिबार बोहराटारमा आफूपक्षीय युवा नेताहरुको छलफलपछि पौडेल सभापतिको उम्मेदवारबाट ब्याक भएका हुन्।
शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन् । त्यस्तै अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मासँग कुरा भइरहेको स्रोतले जनाएको छ । संस्थापन पक्षका शर्मालाई शेखरले महामन्त्री उम्मेदवार बनाउन लागेको बताइएको छ ।
प्रकाशित मिति: १२:५३ बजे, शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











