सुजाताले प्रकाशमानको प्यानलबाट कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।उनले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन्। कोइरालाले...
काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।
उनले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन्। कोइरालाले आफू प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने बताएकी छन्।
संस्थापनइतर पक्षमा सहमति जुट्न नसकेपछि प्रकाशमानले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। यसअघि सुजाता कोइरालाले सभापतिका लागि सहमतिमा उम्मेदवार चयन गर्न रामचन्द्र पौडेलाई आग्रह गरेकी थिइन्।
प्रकाशित मिति: १२:१६ बजे, शनिबार, मंसिर २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











