Kathmandu Press

कांग्रेस महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति शुल्क लाग्छ ? 

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दिने दिन हो। उम्मेदवारी दिनका लागि बिहान १० बजेबाट साँझ ५...
कांग्रेस महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति शुल्क लाग्छ ? 
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दिने दिन हो। उम्मेदवारी दिनका लागि बिहान १० बजेबाट साँझ ५ बजेसम्मको समय तोकिएको छ। 

यसबीच उम्मेदवारी दिने क्रम पनि शुरु भइसकेको छ। युवा नेता तथा केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन्। 

१४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिन केही शुल्क तोकिएको छ । जस अनुसार सभापति पदमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क निर्धारण गरिएको छ । 

त्यस्तै उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिन २५ हजार शुल्क तोकिएको छ भने सहमहामन्त्रीका लागि १५ हजार कायम गरिएको छ। 

केन्द्रीय सदस्यमा उठ्न चाहने उम्मेदवारले १० हजार शुल्क तिर्नुपर्ने कांग्रेस महाधिवेशन आयोजक समितिले जनाएको छ । 

प्रकाशित मिति: ११:२७ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्