Kathmandu Press

कल्याण गुरुङले दिए कांग्रेस सभापति पदमा उम्मेदवारी 

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका केन्द्रीय सदस्य रहेका गुरुङले बिहान ११ बजेपछि...
कल्याण गुरुङले दिए कांग्रेस सभापति पदमा उम्मेदवारी 

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका केन्द्रीय सदस्य रहेका गुरुङले बिहान ११ बजेपछि सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। 

कांग्रेसभित्र उनी खरो स्वभावका युवा नेताका रुपमा परिचित छन्। महाधिवेशन शुरु हुनुअघि नै गुरुङले  सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए । 

पार्टीभित्र उनको खास माहोल भने छैन। 

सभापतिका लागि शेरबहादुर देउवाले पनि दिउँसो उम्मेदवारी दर्ता गर्नेछन् । त्यस्तै प्रकाशमान र शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्। 

प्रकाशित मिति: ११:२१ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्