Kathmandu Press

पदाधिकारी टुंग्याउन बोहराटारमा पौडेल पक्षीय नेताको छलफल, शेखर र प्रकाशमान अनुपस्थित 

आजको छलफलमा शेखर कोइराला र प्रकाशमान सिंह भने अनुपस्थित छन्। लगातारको बैठक र छलफलपछि पनि सभापतिका लागि प्रकाशमान र शशांकले दाबी नछाडेपछि संस्थापन इतर पक्षबाट  सभापतिको उम्मेदवार को भन्ने अझै निर्णय हुन सकेको छैन। 
पदाधिकारी टुंग्याउन बोहराटारमा पौडेल पक्षीय नेताको छलफल, शेखर र प्रकाशमान अनुपस्थित 

काठमाडौं, मंसिर २५ : सभापति लगायत पदाधिकारीमा साझा उम्मेदवार चयन गर्न कांग्रेसको संस्थापनइतर पक्ष छलफलमा जुटेकाे छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा शनिबार बिहानैदेखि नेताहरु छलफलमा जुटेका हुन्। 

आजको छलफलमा शेखर कोइराला र प्रकाशमान सिंह भने अनुपस्थित छन्। लगातारको बैठक र छलफलपछि पनि सभापतिका लागि प्रकाशमान र शशांकले दाबी नछाडेपछि संस्थापन इतर पक्षबाट  सभापतिको उम्मेदवार को भन्ने अझै निर्णय हुन सकेको छैन। 

प्रकाशमानले जुनसुकै हालतमा पनि सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएपछि शेखरले पनि आफू अगाडि बढ्ने विषय पौडेलसँग खुलाइसकेका छन्। दुई नेताबीच सहमति हुन नसकेपछि पौडेल आफू सभापतिमा उम्मेदवारी दिने नदिने निष्कर्षमा पुग्न सकेका छैनन्। 

बोहराटारको छलफलबाट सभापति बाहेक अन्य पदाधिकारीमा उम्मेदवारी टुंग्याउने प्रयास हुनेछ। छलफलमा नेताहरु मिनेन्द्र रिजाल, गगन थापा, अर्जुननरसिंह केसी,  बन्द्री पाण्डे लगायत उपस्थित छन्। 

महाधिवेशनको दोस्रो दिन आज उम्मेदवारी दर्ताको कार्यसूची रहेको छ । 
 
प्रकाशित मिति: १०:३५ बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्