संस्थापन इतरबाट साझा उमेदवार तय गर्न पौडेल समूह छलफलमा
काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेस संस्थापन इतर समूहबाट साझा उमेदवार तय गर्नका लागि पुनः बैठक शुरु भएको छ ।शुक्रबार साँझ महाधिवेशनको उद्घाटन...
काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेस संस्थापन इतर समूहबाट साझा उमेदवार तय गर्नका लागि पुनः बैठक शुरु भएको छ ।
शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोह सकिएपछि नेताहरू बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएका हुन् । संस्थापन इतर साझा उम्मेदवार तय गर्ने भनेतापनि अझै साझा उमेदवार तय गर्न सकेको छैन ।
शेखर कोइराला र डा. शशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएपनि प्रकाशमान सिंहले अडान नछोडेपछि साझा उमेदवार तय गर्न पौडेल समूहलाई सकस परेको छ ।
प्रकाशित मिति: २०:१४ बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











