Kathmandu Press

रमेश खरेलले गरे नेपाल सुशासन पार्टीको घोषणा

काठमाडौं, मंसिर २४ : नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् ।शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व...
रमेश खरेलले गरे नेपाल सुशासन पार्टीको घोषणा

काठमाडौं, मंसिर २४ : नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए ।

खरेलले ३० वर्षे कुशासनले देशलाई नउक्सिने खाडलमा जाकिदिको भन्दै यसबाट माथि उठ्न विद्यमान राजनीतिक दलहरूको चाहना नदिएको दाबी गरेका छन्।

काठमाडौं अनामनगरस्थित युनियन हाउसमा बसेको नेपाल सुशासन अभियानको केन्द्रीय भेलाले रमेशप्रसाद खरेलको अध्यक्षतामा ४९ सदस्सीय केन्द्रीय कार्यसमिति पनि गठन गरेको छ। 
 

प्रकाशित मिति: १९:३५ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्