कांग्रेस सभापति पदमा आफूलाई जिताउन देउवाको आग्रह
शुक्रबार महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले डर र त्रासबाट मुक्त शासन ल्याउनका लागि आफूलाई जिताउन आवश्यक रहेको भन्दै आग्रह गरेका हुन्।
काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपटक आफूलाई सभापति पदमा जिताइदिन आग्रह गरेका छन्।
शुक्रबार महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले डर र त्रासबाट मुक्त शासन ल्याउनका लागि आफूलाई जिताउन आवश्यक रहेको भन्दै आग्रह गरेका हुन्।
‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ। राष्ट्रिय सरकार कांग्रेसको हुनेछ। त्यसका लागि मलाई यसपटक जिताइदिनुस्। मलाई धेरै कुरा भन्नु छैन,’ उनले भने, ‘कुनै पनि हालतमा डर त्रास मुक्त शासन ल्याएरै छाडिन्छ।’
प्रकाशित मिति: १९:२३ बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार