Kathmandu Press

यो सरकार आएपछि ओली शासनबाट जनताले मुक्ति पाए : देउवा 

उनले ओलीको डर र त्रासबाट मुक्त भएको बताउँदै फेरि पनि डरत्रासमुक्त सरकार ल्याएरै छाड्ने प्रतिबद्वता समेत जनाए ।
यो सरकार आएपछि ओली शासनबाट जनताले मुक्ति पाए : देउवा 

काठमाडौं, मंसिर २४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सरकार गठन भएसँगै जनताले ओली शासनबाट मुक्ति पाएको महसुस गरेको बताएका छन् 

पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए ।’

उनले ओलीको डर र त्रासबाट मुक्त भएको बताउँदै फेरि पनि डरत्रासमुक्त सरकार ल्याएरै छाड्ने प्रतिबद्वता समेत जनाए ।

उनले आउँदो चुनावमा कांग्रेस पहिलो पार्टी बनाउने जिम्मा आफ्नो जिम्मेवारी भएको समेत बताए । 

प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्