Kathmandu Press

पोखराको महाधिवेशनपछि कांग्रेस एक भएर बस्न सकेन : गच्छदार 

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले दशौं महाधिवेशनपछि कांग्रेस एक हुन नसकेको बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै गच्छदारले...
पोखराको महाधिवेशनपछि कांग्रेस एक भएर बस्न सकेन : गच्छदार 

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले दशौं महाधिवेशनपछि कांग्रेस एक हुन नसकेको बताएका छन्। 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै गच्छदारले नवौं महाधिवेशनसम्म एक रहेको कांग्रेस ११ औं महाधिवेशनसम्म  आइपुग्दा विभाजित भएको बताएका हुन्।

पोखरा महाधिवेशनबाट गिरिजा प्रसाद कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुँदा आफू देउवा पक्षबाट निर्वाचित भएको बताए । पछि कांग्रेसभित्रको आन्तरिक एकतामा समस्या उत्पन्न भएपछि देशकै राजनीतिमा ठूलो उथलपुथल आएको बताए । 

लगत्तै देशमा सशस्त्र द्वन्द्व शुरु भएपछि मुलुकको प्रजातान्त्रिक व्यवस्था  कमजोर हुँदै गएको बताए । ११ औँ महाधिवेशन पछि कांग्रेसभित्रको विकृती विरुद्ध लड्न देउवाकै नेतृत्वमा खबरदारी गर्नुपरेको उनले बताए। 

१३ औं महाधिवेशनमा आइसक्दा कांग्रेस पुनः एकिकृत भएको र १४ औं महाधिवेशनसम्म आउँदा थप एकढिक्क भएर जानुपर्ने उनले बताए।

प्रकाशित मिति: १८:२४ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्