विभक्त मानसिकता हटाएर नयाँ ऊर्जा र दृष्टिकोणसाथ कांग्रेस अघि बढ्नुपर्छ : सिटाैला
काठमाडाैं, मंसिर २४ : कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस नेता कार्यकर्ताले विभक्त मानसिकता हटाएर नयाँ ऊर्जा नयाँ दृष्टिकोणसाथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।नेपाली...काठमाडाैं, मंसिर २४ : कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस नेता कार्यकर्ताले विभक्त मानसिकता हटाएर नयाँ ऊर्जा नयाँ दृष्टिकोणसाथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा आफ्नो भनाइ राख्दै उनले वडादेखि केन्द्रसम्म सातौं तहासम्म कडा प्रतिस्पर्धा भएको र त्यसले आफूआफूमा विभक्त मानसिकता बनाए पनि त्यसलाई हटाउनुपर्नेमा जोड दिए।
कांग्रेसमा एकता कायम गर्नुपर्ने चुनौती रहेको उनले बताए । तर कुनै हालतमा पनि भावनात्मक एकता कायम गरेर आगामी स्थानीय निर्वाचन, केन्द्र निर्वाचनमा कांग्रेसलाई सफल बनाउन लागिपर्नुपर्ने उनको भनाइ थियो। एकताबद्ध नभए पार्टीमा, निर्वाचनमा र देशमा नै असर पर्ने उनले बताए।
जति आदर्श र सिद्धान्तको कुरा गरे पनि एकता भएन भने परिणाम हासिल हुन नसक्ने उनको भनाइ थियो। लोकतान्त्रिक मूल्यमान्यता, राष्ट्रियतामाथिको चुनौतीलाई चिर्न कांग्रेस अग्रसर हुनुपर्नेमा उनले जोड दिए।
वाम गठबन्धनले विगतमा जितेको तर झन्डै दुई तिहाइमा रहेको उनीहरुको एकता टिक्न नसकेको स्पष्ट पार्दैै उनले कम्युनिस्टहरुका कारण देश झन्डैझन्डै बर्बादीमा गएको स्मरण गरे।
सानो संख्यामा भए पनि कांग्रेस सभापति शेरबहादुरको देउवाको नेतृत्वमा भएको प्रयासले देशलाई बचाएको उनले बताए। वर्तमान सरकार निर्वाचनसम्म पुगे मात्र लोकतन्त्रको रक्षा हुन सक्ने उनले बताए। यही सरकारले आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित तरिकाले सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।
नेताकार्यकर्ताको उचित मूल्यांकन गरेर पार्टीले आफैंलाई सुधार गर्नुपर्ने खाँचो उनले औंल्याए। राष्ट्रको सेवाका लागि, जनताको अधिकार बलियो बनाउन का लागि नेपाली कांग्रेुसलाई बलियोृ बनाउनुको विकल्प नभएको उनले बताए। त्यसका लागि सबै नेता–कार्यकर्ताले निजी स्वार्थभन्दा माथि उठ्न सक्नुपर्ने उनले सपष्ट पारे।
देशलाई अघि काम कांग्रेसबाहेक अरू कुनै पार्टीले गर्न नसक्ने उनले बताए। अन्य राजनीतिक दलहरुलाई डोर्याउने पार्टी कांग्रेस ने भएको उनले बताए। कम्युनिस्टहरुलाई सुधारेर लोकतन्त्रिक बनाई राष्ट्र निर्माणमा लगाउने जिम्मेवारी पनि कांग्रेसको ने भउको उनले बताए।
कांग्रेसले युवाहरुलाई निकै साथ दिएको उनले बताए। युवामा नयाँ जागरण आएकाले प्रतिनिधि पनि युवा प्रशस्तै भएको भएको उनको भनाइ थियो। उनले अग्रजहरुबाट सिक्न आह्वान गरे। युवाहरुले निजी स्वार्थबाट माथि उठ्नुपर्ने र प्रतिस्पर्धा गरेर परिणाम निकाल्न जुझारु भएर लाग्नुपर्नेमा उनले जोड दिए।











