तीन तहका निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्छ : महामन्त्री डा कोइराला
काठमाडौँ, मंसिर २४ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङक कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने...काठमाडौँ, मंसिर २४ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङक कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताएका छन्।
कांग्रेस १४औँ महाधिवेशनको उद्घाट्न समारोहमा आज उनले धर्म निरपेक्षता र सापेक्ष नभई स्वतन्त्र हुने बताउँदै आगामी दिनमा कृषिमा बजेट विनियोजन बढाउँदै मुलुक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानअनुसार पार्टीको विधान बनाई सङ्घीय संरचना अनुसारका पार्टीको तहको निर्वाचन सम्पन्न भइ महाधिवेशनसम्म आइपुगेको बताए।
विगतको सरकारले गरेका लोकतान्त्रिक र संविधान विपरितका क्रियाकलापलाई सुधार गरी संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको उनको भनाइ थियो । उनले आगामी छ महिनापछि हुने तीन तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी बनाउन सबै लाग्नुपर्ने बताए।











