Kathmandu Press

सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजानु भएको छ : डा. महत 

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाएर लगेको बताएका छन्। काठमाडौंमा आयोजित पार्टीको १४ औं...
सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजानु भएको छ : डा. महत 

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाएर लगेको बताएका छन्। 

काठमाडौंमा आयोजित पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै सहमहामन्त्री महतले यही एकताको आधारमा पार्टीले आगामी निर्वाचन जित्ने पनि दाबी गरेका छन्। 

‘अहिले यो पार्टीको नेतृत्व शेरबहादुर देउवाले गर्नुभएको छ । उहाँले यो पार्टीलाई एकतावद्ध बनाएर लानुभएको छ । यही एकताको बलमा निर्वाचन जित्नु छ’, उनले भने । 

सहमहामन्त्री महतले कांग्रेस पार्टी ऐतिहासिक मात्र नभई लोकतान्त्रिक आन्दोलनको बाहक रहेको बताएका छन् । इतिहासमा निकै उतारचडाव र अप्ठयारो समयको सामना गर्दै आएको बताउँदै महतले कांग्रेसले गरेका कामहरुलाई जनतामाझ पुर्याउन नसकेको बताए । 

उनले महाधिवेशनको परिणामलाई स्वभाविक रुपमा लिन पनि आग्रह गरेका छन् । निर्वाचनमा आउने परिणामलाई सामान्य रुपमा लिइ आगामी तीनै तहको निर्वाचन जित्नका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्