Kathmandu Press

कोषाध्यक्ष सीतादेवीले भनिन्– कांग्रेसको मुद्दती खातामा १० करोड सम्पत्ति छ 

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले मुद्दती खातामा १० करोड र बैंक खातामा २ देखि ३ करोड रहेको जानकारी दिएकी छन्।कांगेस...
कोषाध्यक्ष सीतादेवीले भनिन्– कांग्रेसको मुद्दती खातामा १० करोड सम्पत्ति छ 

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले मुद्दती खातामा १० करोड र बैंक खातामा २ देखि ३ करोड रहेको जानकारी दिएकी छन्।

कांगेस महाधिवेशनको उद्घाटनको समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसको कोषबारे जानकारी दिएकी हुन्। कोषाध्यक्षको प्रतिवेदन बन्दसत्रमा प्रस्तुत हुने भए पनि आम जनसमुदायमा जानकारी दिनुपर्ने भएकाले कोषको अवस्थाबारे जानकारी दिएको उनले बताइन्।  

उनले कुनै उम्मेदवारीमा नदिने घोषणा गरिन्। तर जनताको कांग्रेसको सेवा गर्न कहिल्यै नछाड्ने बताइन्। बिपीजस्ता महामानवको पार्टी, गणेशमानजस्तो त्यागी नेता भएको पार्टी, गिराजाप्रसादजस्तो द्वन्द्वबाट जनताको रक्षा गर्ने पार्टी, सुशील कोइरालाजस्तो संविधान दिने पार्टी कांग्रेसले कसैलाई काखा कसैलाई पाखा नगरी नेतत्व चयन गर्नुपर्नेमा उनले जोड दिइन्। 

पार्टीको कोषलाई मीतव्ययी र व्यवस्थित बनाउन खोजे पनि सोचेअनुसार नभएको बताए। तर पनि भद्रगोल हुन नदिएको उनको भनाइ थियो।
 

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्