लिङ्देनमाथि खनिँदै ओलीले भने– भर्खरको बाच्छो बढी कुद्छ
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले केही अगाडि मात्र बोलेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनप्रति टिप्पणी गर्दै उनले त्यस्तो बताएका हुन्।
काठमाडाैं, मंसिर २४ : एमाले अध्यक्ष केपी ओलीले सबै नेता चोर हुन्छन् भन्ने कुरा सरासर गलत भएको बताएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले केही अगाडि मात्र बोलेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनप्रति टिप्पणी गर्दै उनले त्यस्तो बताएका हुन्। लिङ्देन ‘अचेल सबै नेता चोर भनेर चिनिन थालेको’ बताएका थिए।
लिङदेनप्रति संकेत गर्दै ओलीले भर्खरे अध्यक्ष भएको रापताप उनमा रहेको बताए। उनले भने, ‘भर्खरको बाच्छो बढी कुद्छ।’ त्यसरी बढी कुद्नेहरु र अनावश्यक बोलनेहरु अलि समयमा ठिक होला भन्ने विश्वास आफूमा रहेको बताए।
प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











