Kathmandu Press

पूर्वराजालाई नयाँ पार्टी खाेल्न माधव नेपालकाे चुनाैती

महाधिवेशनलाई सम्बाेधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति गर्न मन भए राजाले नयाँ पार्टी खोल्न सक्ने, त्यसो गर्न नसके व्यापार गरेर बस्न उनले सुझाव दिए।
पूर्वराजालाई नयाँ पार्टी खाेल्न माधव नेपालकाे चुनाैती


काठमाडौं, मंसिर २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र फेरि आउने कुनै सम्भावना नभएको बताएका छन्। 

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा उनले त्यस्तो बताएका हुन्।

उनले राजनीति गर्न मन भए राजाले नयाँ पार्टी खोल्न सक्ने उनले बताए। त्यसो गर्न नसके व्यापार गरेर बस्न उनले सुझाव दिए। उनले वंशको शासन नेपाली जनतालाई स्वीकार्य हुन नसक्ने  बताए ।

राजाबिना जनताले लोकतन्त्र राष्ट्रियता संरक्षण गर्न सक्ने र गरिरहेको उनको भनाइ थियो। सोही मञ्चमा बोल्ने क्रममा केह िसमय अघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्थाको स्थापना हुनुपर्ने बताएका थिए।  

उनले २०६२/६३ को जनआन्दोलन समरण गर्दै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायत अन्य विभिन्न दलका नेताले मिलेर मैदानमा उत्रिएको र नेपालको राजनीतिलाई उचाइमा पुर्याएको बताए। मुलुकको आर्थिक सामाजिक सांस्कृतिक रुपान्तरणमा सबै दलहरु एक भएर जानुपर्नेमा उनले जोड दिए।

विभेद, अन्याय, अत्याचारको अन्त्य, कृषिमा आधुनिकीकरण, उद्यमशीलताको विकास, सांस्कृतिक धरोहरको सम्मान, असल संस्कारको विकास गर्नुपर्ने धारणा उनले राखे। 

उनले रानीति, पार्टी, सरकार सबैतिर विकृति रहेको बताए। उनले देशमा भ्रष्टाचार, सत्ताको दुरुपयोग, अरुको सम्मान नगनेृ प्रवृत्ति नेपालमा मौलाएको उनले बताए। 

कुरा गर्ने र काम नगर्ने प्वृत्ति बोक्ने नेतालाई जनताले नपत्याउने उनको भनाइ थियो। सिस्टममा भएका त्रुटि सुधार्नपर्ने, नेताहरूले आफूमा भएका कमीकमजोरी सुधार्नुपर्ने अनि नेपालको विकास हुने समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुने उनको भनाइ थियो।   

जनताले निराश हुनुपर्ने स्थिति भने नरहेको रहेको पनि उनले स्पष्ट पारे।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्