Kathmandu Press

निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधार ल्याउनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं, मंसिर २४ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलन र मुलुकका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न अविलम्ब संबिधान संसोधन गर्नुपर्ने...
निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधार ल्याउनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं, मंसिर २४ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलन र मुलुकका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न अविलम्ब संबिधान संसोधन गर्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्राप्त उपलब्धिहरु पहुँच सबै जातजाति र भाषाभाषीको पहुँचमा हुनुपर्ने बताए। 

उनले विगतका प्रतिवद्धता कार्यान्वयनमा भएका कमजोरीहरुलाई  सुधार गर्दै अगाडि बढ्न सबै राजनीतिक दल र नेतृत्व प्रतिवद्ध हुनुपर्ने बताएका छन्। 

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्