Kathmandu Press

मधेसको मुद्दा सम्बोधन नगरे ज्वालामुखी विस्फोट हुन्छ : ठाकुर

कांग्रेस, मंसिर २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसको मुद्दा सम्बोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएका छन्।नेपाली कांग्रेसको...
मधेसको मुद्दा सम्बोधन नगरे ज्वालामुखी विस्फोट हुन्छ : ठाकुर

कांग्रेस, मंसिर २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसको मुद्दा सम्बोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा उनले मधेसी जनताले उठाएको मुद्दा राज्यले दबाएर सम्बोधन हुन नसक्ने बताए।

उनले आफू आफ्नो दल र सिंगो मधेस संविधानसँग असन्तुष्ट रहेको बताए। उनले संविधान संशोधन हुनुपर्नेमा जोड दिए। 

मधेसका जनताको विचार र माग दबाउन खोज्दा थरुहट आन्दोलनको रुप लिएको बताए। थरुहट मधेसमा शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले आक्रमण गर्दा टिकापुरमा ठूलो नोक्सान भएको उनले बताए। 

सोही घटनाका कारण आफ्ना कैयौ नेता कार्यकर्ता मात्र नभएर सांसदसमेत जेल र तारिखमा रहेको बताए। उनीहरुबीच अझे मुद्दा चलिरहेको उनको भनाइ थियो। सोही क्रममा उनले रौतहट घटनामा पनि मुद्दा परेको रकैयौ. कायृकताृ जेलमा रहेको उनले बताए। 

उनले एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिँदे ओली नेतृत्वको सरकारको पालमा १४९ जना जेलबाट मुक्त भएको उल्लेख गरे। 

प्रकाशित मिति: १६:०४ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्