Kathmandu Press

कांग्रेस महाधिवेशनमा प्रचण्ड र माधवसँग ओलीको जम्काभेट 

पछिल्लो राजनीतिक घटनाक्रम र आपसी तिक्तताका कारण ओलीसँग प्रचण्ड र माधवकुमार नेपालको भेटवार्ता भएको थिएन । कांग्रेस महाधिवेशनले तीन जनाको भेटसमेत गराइदिएको छ। 
कांग्रेस महाधिवेशनमा प्रचण्ड र माधवसँग ओलीको जम्काभेट 

काठमाडौं, मंसिर २४ : लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकै मञ्चमा देखा परेका छन्। 

पछिल्लो राजनीतिक घटनाक्रम र आपसी तिक्तताका कारण ओलीसँग प्रचण्ड र माधवकुमार नेपालको भेटवार्ता भएको थिएन । कांग्रेस महाधिवेशनले तीन जनाको भेटसमेत गराइदिएको छ। 

ओली र प्रचण्डसँग झण्डै एक वर्षपछि मात्रै एउटै मञ्चमा देखिएका छन् भने माधव कुमार नेपालसँग करिब ५ महिनापछि ओलीले मञ्च शेयर गरेका हुन्।

गत वर्षको पुष ५ गते प्रतिनिधि सभाको हठात् विघटन गरेपछि ओली र प्रचण्डबीच दुरी बढेको थियो । लगत्तै पार्टी एकता भंग भएपछि दुई ठूला राजनीतिक दलको नेतृत्वमा रहेका दूई हस्तीबीच भेटवार्ता  र छलफल बन्द भएको थियो । 

माधव नेपालसँग भने ओलीले केही महिनाअघि भेटेका थिए। पार्टी फुटको संघारमा पुग्दै गर्दा एकदुई पटक ओली र माधव नेपाल छलफलमा बसेका थिए । 

कांग्रेस महाधिवेशनको मञ्च शेयर गरेका ओली प्रधानमन्त्री देउवाको देब्रेपटि बसेका छन् । प्रचण्ड र माधव नेपाल भने देउवाकै लहरमा दाहिनेपटि एउटै सोफामा बसेका छन्। 

बिहीबार केही बिरामी भएका ओली कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै शुभकामना दिन भृकुटीमण्डप पुगेका हुन्। यसअघि केही दिनअघि मात्रै सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा चितवन पुगेका थिए । 

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्