नेपालको राजनीति लिक बाहिर छ, दलहरू ठीक ठाउँमा बसे सबै सहज हुन्छ : लिङ्देन
उनले अहिले सरकार सरकारजस्तो नभएको, संंसद संसद जस्तो नभएको, अलदालत अदालजस्तो नभएको भन्दै ती सबैलाई ठीक लाउने राजनीति र राजनीति हाँक्ने नेताहरुले जनताबाट विश्वास गुमाएको बताए।कांग्रेस, मंसिर २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीति लिक बाहिर गएको बताएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले सबै राजनीतिक दलहरु मिलेर देशलाई लिकमा ल्याउनुपर्ने पनि बताए।
राप्रपाले पनि भर्खरे अधिवेशन सकाएको र जेठो राजनीतिक दल कांग्रेसको महाधिवेशन पूर्ण सफलताको शुभकामना दिए। महाधिवेशन नेतृत्व चयनमा सीमित भई नयाँ तरिकाले अघि बढ्ने विचार तय गर्नुपर्नेमा उनले जोड दिए।
उनले अहिले सरकार सरकारजस्तो नभएको, संंसद संसद जस्तो नभएको, अलदालत अदालजस्तो नभएको भन्दै ती सबैलाई ठीक लाउने राजनीति र राजनीति हाँक्ने नेताहरुले जनताबाट विश्वास गुमाएको बताए।
जनताले नेतालाई अचेल ‘चोर’ भनेर सम्बोधन गर्ने गरेको भन्दे निराशा पनि व्यक्त गरे। नेताहरुकै स्वार्थका कारण २०४७ पछि कुनै पनि सरकारले कार्यकाल पूरा गर्न नपाएको पनि बताए। अहिलेसम्म नफुटेका दल पनि कुनै नरहेको उनले बताए । कान्छो दल विवेकशील साझा पनि फुटिसकेको उदहरण उनले दिए।
अब दलहरुको ध्यान त्रुटि कहाँ भयो भन्नेमा जानुपर्ने उनले बताए। दल ठीक ठाउँमा बसे सबै सहज भएर जाने उनको भनाय थियो।
उनले अन्त्यमा राजसंस्थाको स्थापना र जनताले प्रधानमन्त्री चुन्ने व्यवस्था ल्याउनसुपर्ने पनि बताए।











