Kathmandu Press

सबै देशभक्त राष्ट्रवादी शक्तिहरु एक हुन महासचिव मैनालीको आह्वान 

काठमाडौं, मंसिर २४ : नेकपा मालेका महासचिव सिपी मैनाललीले राष्ट्रियताको विषयमा सबै राजनीतिक दलहरुलाई एक ठाउँमा आउन आह्वान गरेका छन्।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा...
सबै देशभक्त राष्ट्रवादी शक्तिहरु एक हुन महासचिव मैनालीको आह्वान 

काठमाडौं, मंसिर २४ : नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रियताको विषयमा सबै राजनीतिक दलहरुलाई एक ठाउँमा आउन आह्वान गरेका छन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना सन्देश दिँदै मैनालीले देशमा आन्तरिक र वाह्य हस्तक्षेपको क्रम शुरुवातदेखि नै हुँदै आएका कारण त्यसलाई निस्तेज पार्नका लागि लोकतन्त्रवादी , गणतन्त्रवादी, प्रजातान्त्रिक र कम्युनिस्ट पार्टीहरु एकै ठाउँमा आउनुपर्ने बताए । 

उनले २००७ सालदेखि नै प्रजातन्त्रका लागि पटकपटक लडेको  र पटकपटक प्रजातन्त्र पुनस्थापना गर्दै आएको भएपनि वाह्य हस्तक्षेपका कारण पूर्ण रुपमा व्यवस्था स्थापित हुन नसकेको बताएका छन्। देशको आन्तरिक मामिलामा हुने वाह्य हस्तक्षेपको विषयमा  कुनैपनि राजनीतिक दलका नेतृत्वले ध्यान नपुर्याएको उनको आरोप छ । 

मैनालीले कांग्रेसको नयाँ नेतृत्वले राष्ट्र र राष्ट्रियताको विषयलाइ अझै जोडदार रुपमा अगाडि बढोस् भन्दै शुभकामना दिएका छन् । 
 

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्