गणतन्त्र संस्थागत गर्न देउवाको भूमिका महत्वपूर्ण : सभापति बानियाँ
काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले गणतन्त्रलाई संस्थागत गर्नका लागि सभापति शेर बहादुर देउवाले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका...काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले गणतन्त्रलाई संस्थागत गर्नका लागि सभापति शेर बहादुर देउवाले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका छन्।
पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भएकाहरुलाई स्वागत गर्दै सभापति बानियाँले गणतन्त्र र संविधानको रक्षा गर्न देउवाको भूमिका अविस्मरणीय रहेको बताए ।
कांग्रेस महाधिवेशनले इतिहासलाई स्मरण गर्दै, वर्तमानको समिक्षा र भविष्यलाई उज्वल बनाउन अगाडि बढ्ने बताए। इतिहासको कुरा गर्दा विपीको नीति, गणेशमानको हिम्मत र त्याग, सुवर्णशमसेरको विद्रोह, कृष्णप्रसाद भट्टराईको योगदान, गिरीजाको द्वन्द व्यवस्थापन, शुसिल कोइरालाले ल्याएका संविधान लगायतका कुराहरुलाई बिर्सन नहुने बताए।
पार्टीको इतिहासलाई जीवन्त बनाएर लैजाने जिम्मेवारी युवाहरुको रहेको पनि उनले बताए। कांग्रेसको महाधिवेनशनले नेपाली कांग्रेस र नेपाली राजनीतिमा नयाँ उमंग, नयाँ जोश र नयाँ उर्जाका साथ एकता उत्साह र रुपान्तरणको सन्देश लिएर जाने बताए।











