कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा पुगे एमाले अध्यक्ष ओली
काठमाडाैं, मंसिर २२ : एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पुगेका छन्।भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनी अन्य नेताहरूभन्दा ढिला...काठमाडाैं, मंसिर २२ : एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पुगेका छन्।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनी अन्य नेताहरूभन्दा ढिला गरी पुगेका हुन्। हिजो रुघाखोकीसहित ज्वरो आएपछि आज कार्यक्रममा उनको उपस्थिति नहुने हो कि भन्ने आशंका गरिएको थियो। तर उनी त्यहाँ पुगेसँगै त्यो आशंका समाप्त भएको छ।
ओली त्यहाँ पुगेपछि विगतमा एउटै पार्टीमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले विभाजन गरेर नेकपा एककिृत समाजवादी पार्टी स्थापना गरेका माधवकुमार नेपालसँग लामो समयपछि एउटै मञ्चमा आसीन भएका छन्।
प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











