Kathmandu Press

सभापति देउवाद्वारा स्विच थिचेर कांग्रेस पार्टीको एप सार्वजनिक 

काठमाडाैं, मंसिर २४ :  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टीको एप सार्वजनिक गरेका छन्। महाधिवेशन उद्घाटनका क्रममा उनले स्वीच थिचेर एप...
सभापति देउवाद्वारा स्विच थिचेर कांग्रेस पार्टीको एप सार्वजनिक 

काठमाडाैं, मंसिर २४ :  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टीको एप सार्वजनिक गरेका छन्। महाधिवेशन उद्घाटनका क्रममा उनले स्वीच थिचेर एप सार्वजनिक गरेका हुन्।  

एप स्टोर र प्ले स्टोरबाट डाउनलोड गर्न सकिने जनाइएको छ। सबै क्रियाशील सदस्यको विवरण त्यसमा हुने बताइएको छ। भोटिङ गर्नेसहित अन्य धेरै व्यवसथा रहेको जनाइएको छ। 

पार्टीलाई डिजिटलाइजेसन गर्दै लाने अभियानस्वरुप एप ल्याइएको जनाइएको छ। पार्टीको वेबसाइट परिमार्जित भर्सनमा सार्वजनिक भइसकेको छ। 

सभापति देउवाले दिवंगत नेता खुमबहादुर खड्कोको स्मृतिमा प्रकाशित पुस्तक विमोचन पनि गरेका छन्। 

प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्