सिंहदरवार मूलगेटमा नेविसंघको प्रदर्शन
काठमाडौं, माघ १८ : नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिंहदरवार मूलगेटमा प्रदर्शन गरेको छ ।
डा.गोविन्द केसीसँग भएको सहमति विपरित राष्ट्रिय ....

काठमाडौं, माघ १८ : नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिंहदरवार मूलगेटमा प्रदर्शन गरेको छ ।
डा.गोविन्द केसीसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो । नेविसंघ नेता तथा कार्यकर्ताले सिंहदरवारको मूलगेटमा सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
डा.केसी २४ दिनदेखि अनशनमा छन् । उनको वेवास्ता गर्दै सरकारले चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पारित गरेको छ ।
त्यसका विरुद्ध नेविसंघले देशव्यापीरुपमा प्रदर्शन गर्दै आएको छ ।
प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, माघ १८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार










