काठमाडौं सभापति सबुजकृष्णले गरे महाधिवेशनमा आएकालाई स्वागत
काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले महाधिवेशनमा उपस्थित सबैलाई स्वागत गरेका छन्।नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तव्य...काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले महाधिवेशनमा उपस्थित सबैलाई स्वागत गरेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै उनले महाधिवेशनले सबल कांग्रेस निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्।
थाेरै बाेलेका उनले कांग्रेसका सर्वोच्च कमान्डर गणेशमान सिंहलाई सम्झँदै सोही ऐतिहासिक व्यक्तित्वको स्थलमा महाधिवेशन हुन गइरहेको बताए।
उनले महाधिवेशन सकेसम्म व्यवस्थित गर्ने प्रयास गरिएको तर व्यवस्थापनमा कमीकमजोरी देखिए अन्यथा नलिन प्रहाधिवेशवनमा उपस्थित नेताकार्यकर्तालाई आग्रह गरेका छन्।
प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











