माधव नेपालदेखि राजेन्द्र लिङदेन पनि पुगे कांग्रेस महाधिवेशनस्थल
काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन आज बाट शुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको औपचारिक उद्घाटन कार्यक्रम केहीबरेमा शुरु हुँदैछ। कांग्रेसको महाधिवेशनलाई...काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन आज बाट शुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको औपचारिक उद्घाटन कार्यक्रम केहीबरेमा शुरु हुँदैछ।
कांग्रेसको महाधिवेशनलाई शुभकामना प्रदान गर्नका लागि अन्य राजनीतिक दलका प्रमुख व्यक्तिहरुको उपस्थिती हुने क्रम जारी छ । यसै क्रममा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल पनि उद्घाटनस्थल पुगेका छन्।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि कांग्रेसको महाधिवेशनलाई शुभकामना दिन भृकुटीमण्डप पुगेका छन्।
राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन पनि संगै भृकुटीमण्डप पुगेका छन्। महाधिवेशनको औपचारिक उद्घाट समारोह २ बजेपछि भनिएपनि केही ढिला भएको छ।
प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











