भृकुटीमण्डप पुगे भाजपा नेता हर्षवर्धन र कांग्रेस आईका नेता मुकुल वास्निक
काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसको १४औं महाधिवेशन केहीबेरमा काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। पार्टीको निमन्त्रणालाई स्वीकार गरेर देशविदेशका विभिन्न दलका नेता तथा प्रतिनिधि उद्घाटनस्थल...
काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसको १४औं महाधिवेशन केहीबेरमा काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ।
पार्टीको निमन्त्रणालाई स्वीकार गरेर देशविदेशका विभिन्न दलका नेता तथा प्रतिनिधि उद्घाटनस्थल पुग्ने क्रम जारी छ।
यसैक्रममा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेता हर्षवर्धन र त्यहाँको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका महासचिव मुकुल वास्निक पनि महाधिवेशनस्थल पुगेका छन्।
केहीबेरअघि मात्र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्।
केहीबेरअघि मात्र प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा त्यहाँ पुगिसकेका छन्।
सबैलाई भव्य तालीले स्वागत गरिएको छ।
प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











