Kathmandu Press

महाधिवेशनको उद्घाटनस्थलमा पुगे सभापति देउवा

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोह औपचारिक रुपमा केहीबेरमा शुरु हुँदै छ । उद्घाटन समारोहका लागि प्रधानमन्त्री तथा पार्टीका...
महाधिवेशनको उद्घाटनस्थलमा पुगे सभापति देउवा

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोह औपचारिक रुपमा केहीबेरमा शुरु हुँदै छ । उद्घाटन समारोहका लागि प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवा कार्यक्रमस्थल पुगेका छन्।

देउवा केहीबेरअघि मात्र महाधिवेशनस्थल पुगेका हुन्। उद्घाटन समारोहमा हजारौं को संख्यामा नेता कार्यकर्ताहरुको उपस्थिती देख्न सकिन्छ। आजको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख व्यक्तित्वको सहभागिता हुँदैछ। 

औपचारिक कार्यक्रम शुरु हुनुअघि सांस्कृतिक कार्यक्रम भइरहेका छन्। विभिन्न जातजातिले आफ्नो मौलिक संस्कृती झल्कने सांस्कृतिक झाँकी, नृत्य पदर्शन गरेका छन्। 

 

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्