Kathmandu Press

नेपाली कांग्रेसको १४औं महाधिवेशन : उद्घाटनस्थलमा सांस्कृतिक झाँकी प्रदर्शन जारी

काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन अब केही बेरमा काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। त्यसका लागि सम्पूर्ण तयारी भइसकेको छ।यतिखेर उद्घाटनस्थल...
नेपाली कांग्रेसको १४औं महाधिवेशन : उद्घाटनस्थलमा सांस्कृतिक झाँकी प्रदर्शन जारी
तस्बिर : सुजल बज्राचार्य

काठमाडाैं, मंसिर २४ : नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन अब केही बेरमा काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। त्यसका लागि सम्पूर्ण तयारी भइसकेको छ।

यतिखेर उद्घाटनस्थल देशका विभिन्न भूभागबाट आएका नेताकार्यकर्ता, प्रतिनिधि, शुभचिन्तकलगायतको उपस्थितिले भरिभराउ भइसकेको छ। कोरोना जोखिमलाई मध्यनजर गरेर कांग्रेसले शक्ति प्रदर्शन नगर्ने भने पनि उद्घाटनस्थल आससपासमा स्वतःस्फूर्त रूपमा झाँकी र जुलुस भइरहेका छन्। 

झाँकी र जुलुस पनि भृकुटीमण्डप आउने क्रम जारी छ। उद्घाटन सुरु नहुँदै कतिपय उम्मेदवारका समर्थकहरू ब्यानर बोकेर मत माग्न व्यस्त देखिन्छन्। कांग्रेससम्बद्ध सांस्कृतिक संघको अगुवाइमा विविध सांंस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको छ। 

यसैक्रममा अहिले विभिन्न जातजाति, समुदाय, क्षेत्रलाई प्रतिनिधित्व गर्ने झाँकी प्रदर्शन भइरहेका छन्। यतिखेर पन्चेबाजाको प्रस्तुति, नेवारी धिमे नाच, थारू नृत्य, तामाङ, मगर झाँकीलगायत प्रदर्शन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्