Kathmandu Press

देउवाले रामचन्द्रलाई सर्वसम्मत सभापतिमा समर्थन गरे म पनि उम्मेदवारी दिन्नं : निधि 

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सभापति देउवाले नै तदारुकता देखाउनुपर्ने बताएका छन्। चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार...
देउवाले रामचन्द्रलाई सर्वसम्मत सभापतिमा समर्थन गरे म पनि उम्मेदवारी दिन्नं : निधि 
फाइल तस्बिर

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सभापति देउवाले नै तदारुकता देखाउनुपर्ने बताएका छन्। 

चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले एकपटक सर्वसम्मत रुपमा रामचन्द्र पौडेललाई सभापति बनाए आफू पनि समर्थन गर्न तयार रहेको बताएका छन्। 

उनले एकपटक सभापति लडिसकेका व्यक्ति पुनः सभापतिमा दाबी गर्नु उचित नहुने बताउँदै देउवाले नै पौडेललाई सर्वसम्मत समर्थन गरे आफू उम्मेदवारी नदिने पक्षमा रहेको बताएका छन्। अन्यथा आफू पनि सभापतिमा उम्मेदवारी दिने र पदाधिकारीसहितको टिम नै बनाएर प्रतिस्पर्धामा उत्रिने बताए।  

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्