Kathmandu Press

सिरियाले अरब इनर्जी सम्मेलन गर्ने

दमासकस, मंसिर २४ : सिरियाले अरब इनर्जी सम्मेलन गर्ने भएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार सिरियाले सन् २०२४ मा सो सम्मेलन गर्ने भएको हो।सो...
सिरियाले अरब इनर्जी सम्मेलन गर्ने

दमासकस, मंसिर २४ : सिरियाले अरब इनर्जी सम्मेलन गर्ने भएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार सिरियाले सन् २०२४ मा सो सम्मेलन गर्ने भएको हो।

सो कुरा सिरियाको सरकारी समाचार समिति सानाले जनाएको छ। अरबको पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातक संस्था ओपेकले स्वीकृत गरेका अरबका सदस्य राष्ट्रहरुको सहभागितामा सिरियाले सो सम्मेलन गर्ने भएको हो।

Hardik ivf

सिरियामा तेलमन्त्री बसाम रदवानले सो विषयमा जानकारी दिएका हुन्। उनले सिरियाले सन् २०२४ मा राजधानी दमासकसमा सो सम्मेलनको आयोजना गर्ने तयारी गरेको जानकारी बिहीबार दिए।

मध्यपूर्वी यस राष्ट्रको सम्बन्ध अरब देशहरुसँग त्यति राम्रो नरहेको यस अवस्थामा सिरियाले अरब देशहरुकै सहभागितामा सो सम्मेलन गर्ने भएको हो।

प्रकाशित मिति: १२:२२ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्