Kathmandu Press

मानवअधिकार उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याऔं : शेरचन

बुटवल, मंसिर २४ : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।त्रिहत्तरौं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका...
मानवअधिकार उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याऔं : शेरचन

बुटवल, मंसिर २४ : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

त्रिहत्तरौं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका सङ्घ संस्थाले आज बुटवलमा निकालेको र्‍यालीपश्चात् आयोजित सभामा उनले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताए।

समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट आवाज उठाउन आवश्यक रहेकोमा उनले जोड दिए। 

‘महिलाकै गर्भबाट जन्मिएर महिलामाथि नै हिंसा गर्नु बिडम्बना हो,’ शेरचनले भने। उनले ७३औं मानवअधिकार दिवस मनाइरहँदा पनि नेपाली नागरिकको अधिकारको संरक्षण हुन नसकेको उल्लेख गर्दै यसमा सबैको ध्यान जानुपर्ने बताए। 

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले मानवअधिकारको संरक्षण र संवर्धनमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए। 

प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्