Kathmandu Press

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडाैं, मंसिर २४ : सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला रु....
सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडाैं, मंसिर २४ : सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ। 

अघिल्लो दिन प्रतितोला रु. ९२ हजार ३०० मा कारोबार भएको पहेंलो धातुको मूल्य आज प्रतितोला रु. ९२ हजार २०० तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ७०० कायम भएको छ।

बिहीबार यसको मूल्य प्रतितोला रु. ९१ हजार ८०० तोकिएको थियो । यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७७७ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, मंसिर २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्